नयाँ सभामुखको शपथ आइतवार दिउँसो ३ बजे

रुपन्देही खबर , ९  पटक हेरिएको

काठमाण्डौ, चैत २०

नयाँ सभामुखको शपथ आइतवार दिउँसो ३ बजे हुने भएको छ। प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल को एकल मनोनयन दर्ता भएको छ। राष्ट्रपति कार्यालयका अनुसार रामचन्द्र पौडेल ले आइतवार दिउँसो ३ बजे नवनियुक्त सभामुखलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ।

यसअघि आइतवार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकले आवश्यक प्रक्रिया पूरा गरी अर्याललाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछ। त्यसपछि राष्ट्रपति भवनमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिनेछ।

प्रकाशित मिति: २०२६-०४-०३ , समय : २१:१०:०७ , २ घन्टा अगाडि