कानून विपरीत निजी विद्यालयले लिइएको भर्ना शुल्क फिर्ता गराउन सरकारको निर्देशन

रासस , ५५  पटक हेरिएको

काठमाण्डौ,चैत २३

शिक्षा मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र निर्देशिकाले तोकेको बाहेक अन्य शुल्क फिर्ता गराउन सबै पालिकाहरुलाई निर्देशन दिएको हो ।नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना नगर्न सर्वाेच्च अदालतले दिएको आदेशको कार्यान्वयन गराउन पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर शैक्षिकसत्र शुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन तथा शुल्क मापदण्ड विपरीत शुल्क नलिने व्यवस्था मिलाउन र गैह्रकानुनीरुपमा लिइएको पाइए शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारवाही हुन सक्नेतर्फ समेत सचेत गराएको छ ।

सर्वाेच्च अदालतको गएको शुक्रबारको आदेशको उल्लङ्घन गरी शैक्षिकसत्र अगावै विद्यार्थी भर्ना गर्ने कार्य पनि दण्डनीय हुनेतर्फ मन्त्रालयले सचेत गराएको छ । आउँदो वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु हुँदैछ ।

प्रकाशित मिति: २०२६-०४-०६ , समय : ०८:४६:१८ , २ घन्टा अगाडि