रुपन्देही खबर , ६० पटक हेरिएको
परासी, बैशाख २२
पश्चिम नवलपरासीमा राष्ट्रिय आर्थिक गणना कार्य तिब्र रूपमा संचालन भैरहेको छ । जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले २०८३ साल बैशाख २ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय आर्थिक गणना कार्य तिब्रता दिईएकाे हाे ।
उद्योग, प्रतिष्ठान, पसल कृषि बन तथा माछा पालन दर्ता भएका मात्र खानी तथा उत्खनन ,ओैद्योगीक उत्पादन लगायत १८ वटा औद्योगिक समूहको आर्थिक गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय नवलपरासी पश्चिमका आर्थिक गणना अधिकारी यज्ञमूर्ति भण्डारीले जानकारी दिए ।२०८३ साल बैशाख २ गतेदेखि बैशाख २१ सम्म जिल्लामा ७ हजार ७ सय ६९ वटा प्रतिष्ठानहरूकाे कागजि माध्यमबाट र ५५ वटा प्रतिष्ठानहरूकाे ईन्सेसबाट तथ्यांक संकलन गरिएको भण्डारीले बताए ।जिल्लामा २०७५ सालमा ११ हजार दुई सय ८ प्रतिष्ठानहरूकाे गणना भएकाे थियाे ।
आर्थिक गणना गर्नका लागि जिल्लामा ७ सुपरिवेक्षक गणक ५२ जना गरी जम्मा ५९ जना कर्मचारी खटिएका छन त्यस्तै सुनवल नगरपालिकामा १२ जना गणक बर्दघाट नगरपालिकामा११ जना गणक,रामग्राम नगरपालिका १० जना ,पाल्हिनन्दन गाउँपालिकमा४ जना प्रतापपुर गाउँपालिकमा६ सरावल गाउँपालिकमा ४ जना गणक सुस्ता गाउँपालिकमा५ गणकहरू खटाईएकाे जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-०५ , समय : १२:०८:४४ , २ घन्टा अगाडि