रुपन्देही खबर , ७५ पटक हेरिएको
भैरहवा, वैशाख २९
राममणि बहुमुखी क्याम्पस मा प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। सोमबार आयोजित कार्यक्रममा क्याम्पसका चार जना प्राध्यापकहरूले आफूले सम्पन्न गरेका अनुसन्धान कार्य प्रस्तुत गर्नुभएको हो। कार्यक्रममा उपप्राध्यापकहरू तारा प्रसाद पराजुली, माया घिमिरे, कृष्णकुमार रेग्मी तथा मुक्तिनाथ गैह्रे ले आफ्नो अनुसन्धान कार्यको प्रस्तुतिकरण गर्नुभएको थियो।
डा. अशोक भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी प्राध्यापकहरूले प्रस्तुत अनुसन्धानमाथि जिज्ञासा, सुझाव तथा प्रतिक्रिया राखेका थिए। कार्यक्रममा अनुसन्धानको विषयवस्तु, अध्ययन पद्धति तथा निष्कर्षका विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुली ले क्याम्पसमा अध्यापनसँगै अनुसन्धान गतिविधिलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले कक्षाकोठा शिक्षण, सामाजिक विकास तथा प्राज्ञिक गुणस्तर अभिवृद्धिका लागि अनुसन्धान अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी डा. अशोक भण्डारी ले क्याम्पसको गुणस्तर प्राध्यापकहरूको अनुसन्धानात्मक प्रगतिसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै सबै शिक्षकलाई अनुसन्धानमा सक्रिय बनाउन तालिम तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
प्रकाशित मिति: २०२६-०५-१२ , समय : २०:३०:५७ , १ घन्टा अगाडि