रुपन्देही खबर , ६४ पटक हेरिएको
फाइल फोटो
काठमाण्डौ,बैशाख ३०
प्रतिनिधिसभाको बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ । संसद् सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रममाथिको छलफल शुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।
आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । हिजो दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो ।
प्रकाशित मिति: २०२६-०५-१३ , समय : ०९:१०:३७ , ५६ मिनेटutes अगाडि