रुपन्देही खबर , ५४ पटक हेरिएको
रुपन्देही,जेठ १
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ अमवा क्षेत्रमा अवैध रूपमा माटो उत्खनन् तथा ओसारपसारमा संलग्न पाँच वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनी तथा प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार उक्त क्षेत्रमा निगरानी गर्ने क्रममा अवैध रूपमा माटो उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा ट्र्याक्टरहरू नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये लु ४ त ९२९९ नम्बरको ट्याक्टर लोडर, लु ४ त ८९६३ नम्बरको ट्याक्टर, लु २ त ९१४३ नम्बरको ट्याक्टर, लु ४ त ६०४१ नम्बरको ट्याक्टर तथा नम्बर नखुलेको अर्को एक ट्र्याक्टर रहेका छन् । नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-१५ , समय : २१:५७:३८ , ५९ मिनेटutes अगाडि