उर्मिला यादव यात्री , ४६ पटक हेरिएको
भैरहवा, जेठ ७
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रुपन्देहीको सियारी गाउपालिकामै सर्वोत्कृट नतिजा ल्याउन सफल दुर्गा मोडल एकेडेमी सियारी २ चंठाले विद्यार्थीलाई सम्मान गरेको छ । एसइईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल दुर्गा मोडल एकेडेमीले बुधबार बिद्यालयमा एक कार्यक्रमका बिच २० जना विद्यार्थीलाई सम्मान गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा बोल्दै सियारी गाउपालिकाको उपाध्यक्ष तारा थारुले दुर्गा मोडल एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गरी सतप्रतिशत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षासँगै संस्कार, अनुशासन र सीपमूलक शिक्षालाई पनि समान महत्व दिनुपर्नेमा जोड दिँदै रुपन्देहीको शैक्षिक विकासमा निजी विद्यालयहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

थारुले पछिल्लो समय सियारीका विद्यालयहरूले शैक्षिक गुणस्तरमा उल्लेखनीय प्रगति गरिरहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थीहरु भैरहवा र बुटवल धाउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले सियारीका निजी विद्यालयहरूले आधुनिक शिक्षण पद्धति, दक्ष शिक्षक तथा प्रविधिमैत्री वातावरणमार्फत उत्कृष्ट नतिजा हासिल गर्दै अभिभावकको विश्वास जित्न सफल भइरहेको बताउनु भयो । उहाले सरकारले शिक्षामा लगानी लगाए पनि सरकारी बिद्यालयमा सोचे जस्तो नतिजा आउन नसकेकोमा दुख ब्यक्त गर्नु भयो । उहाले कतै शिक्षकले बिद्यार्थीहरुको भबिष्य संग खेलवाड गरिरेहका त छैनन भन्दै यसमा शिक्षकको मात्र दोष नभई अभिभावकको समेत उत्तिकै भुमिका भएको बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक सुरेश कुमार विद्यार्थीको सफलता केवल व्यक्तिगत मेहनतको उपलब्धि मात्र नभई अभिभावकको निरन्तर साथ, शिक्षकको समर्पित मार्गदर्शन, विद्यालयको शैक्षिक वातावरण तथा समाज र राज्यको सहकार्यको संयुक्त प्रतिफल भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई सही दिशा, सकारात्मक सोच र अनुशासित वातावरण प्रदान गर्न सके उत्कृष्ट नतिजा हासिल गर्न कठिन नहुने धारणा राख्नुभयो ।

उहाँले एसइईमा सफल भएका विद्यार्थीहरूलाई बधाई दिँदै नतिजालाई अन्तिम गन्तव्य नभई थप जिम्मेवारी र अवसरको सुरुवातका रूपमा लिन आग्रह गर्नुभयो । आगामी दिनमा पनि गुणस्तरी शिक्षा,आधुनिक शिक्षण पद्धती,अनुशासन,नैतिक मुल्य तथा उत्कृष्ट शैक्षिक उपलब्धिलाई अझ सशक्त बनाउदै बिद्यालयलाई देशकै उदाहरणीय शैक्षिक संस्थाको रुपमा स्थापित गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी दुर्गा मोडल एकेडेमीका सह–प्राचार्य बिजय कुमार बरईले बोल्दै विद्यार्थीहरूको उत्कृष्ट उपलब्धिले विद्यालयलाई मात्रै नभई सम्पूर्ण सियारीकै शैक्षिक क्षेत्रलाई गौरवान्वित बनाएको बताउनुभयो । उहाँहरूले गुणस्तरीय शिक्षा, अनुशासन, निरन्तर मेहनत र शिक्षक–अभिभावकबीचको समन्वयकै परिणामस्वरूप विद्यालयले ऐतिहासिक सफलता हासिल गर्न सकेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीलाई सक्षम, संस्कारित र प्रतिस्पर्धी नागरिकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षक मदन बरईको स्वागत मन्तब्य रहेको कार्यक्रममा मैनहिया मा.बिका प्राचार्य बिष्णु गौतम, युनिक होम्स स्कुलका फाउन्डर मातृका यादव , समाज सेवी राजु अग्रहरी, प्यारामाउन्ट स्कुलका साइन्स कोर्डिनेटर सुरज पन्त, बिद्यालय संचालक समितीका संस्थापक अध्यक्ष रामकृष्ण बरई लगायतले बोल्दै विद्यालयले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट नतिजा कायम राख्न शुभकामना दिएका थिए ।

कार्यक्रममा बिद्यालयका शिक्षक, कर्मचारीहरुलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो भने अभिभावकहरुलाई समेत सम्मान गरिएको कार्यक्रम संचालक बिद्यालयका शिक्षक प्रदिप सक्सेनाले जानकारी दिनु भएको छ । बधाई तथा सम्मान कार्यक्रममा शिक्षक, बिद्यार्थी लगायतले सांकृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिद्यालय संचालक समितीका संस्थापक अध्यक्ष रामकृष्ण बरईको अध्यक्षता तथा सियारी गाउपालिकाको उपाध्यक्ष तारा थारुको प्रमुख आतिथ्यतामा गाउपालिकामै उत्कृष्ट नतिजा ल्याएर विद्यालयको समेत गौरब बढाएको भन्दै उत्र्तीण विद्यार्थीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
प्रकाशित मिति: २०२६-०५-२१ , समय : ११:०४:४४ , ५९ मिनेटutes अगाडि