राष्ट्रियसभा अन्तर्गत चार वटा विषयगत समितिले आज सभापति पाउने

रुपन्देही खबर , २९२  पटक हेरिएको

काठमाडौँ, भदौ २३

राष्ट्रियसभा अन्तर्गत चार वटा विषयगत समितिले आज सभापति पाउने भएका छन् ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । चार वटा समितिको सभापतिका लागि चार जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु सबै निर्विरोध निर्वाचित हुनेछन् ।

बिहीबार दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्तुत र समर्थकले समर्थन गरे सँगै सभापति चुनिनेछन् ।

जसअनुसार दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : ११:०७:२३ , २ वर्ष अगाडि