नेपाल फोटो पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा यादव

बिभिन्न निर्णय गर्दै नेपाल फोटो पत्रकार महासंघ जिल्ला कार्य समिती नवलपरासीको पहिलो बैठक सम्पन्न

रुपन्देही खबर , ३९७  पटक हेरिएको

नवलपरासी, भदौ २८

नेपाल फोटो पत्रकार महासंघ पश्चिम नवलपरासीको दोस्रो साधारणसभा तथा अधिवेशन बाट अनिल यादवको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । आज नवलपरासीको परासीमा भएको दोस्रो साधारणसभा तथा अधिवेशनबाट नवगठित समितिको उपाध्यक्षमा हुसेन अन्सारी, सचिवमा उमेश विक, कोषाध्यक्षमा विकास अधिकारी, सहसचिवमा रविन्द्र यादव रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा उर्मिला यादव, आरती राना, प्रदीप पाठक, जितेन्द्र गुप्ता, माधव घिमिरे, राज चौधरी चयन हुनुभएको निर्वाचन संयोजक एवंम नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले जानकारी दिनुभएको छ ।

यस्तै गरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले पत्रकारिता जगत समाजको ऐना भएकोले सत्य,तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्दै समाज रुपान्तरणमा टेवा पुग्ने गरी पत्रकारिता गर्न आग्रह गर्दै प्रविधिको प्रयोगसँगै फोटो पत्रकारितालाई व्यवसायिक बनाउन उहाँले सुझाव दिनु भएको थियो । यस्तै गरी जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ताले भ्रम फैलाउने नभई सत्य समाचार प्रवाह गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै गरी रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं जिल्ला समन्वय अधिकारी मानबहादुर खड्काले पेशागत मर्यादा र आचारसंहिताको पूर्ण पालना गर्न सके व्यवसायिक पत्रकारिताले फड्को मार्ने बताउनुभएको छ ।

यस्तै गरी नेपाल पत्रकार महासंघ नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्माले औपचारिक पत्रकारितामा मात्र सीमित नहुन आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा चाकरी गर्ने प्रवृत्तिको पत्रकारिता मौलाएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघले पत्रकारको क्षमता अभिवृद्धिका लागि स्थानीय तहसँग मिलेर काम गरिरहेकोले आफ्नो क्षमता वृद्धि गर्दै खोजमूलक पत्रकारिता गर्न उहाँले जोड दिनुभएको थियो ।

फोटो पत्रकार महासंघ नवलपरासीका अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । कार्यक्रममा जिसस उपप्रमुख राम दयाल तेलि, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा,पुर्व अध्यक्ष केशव पराजुलीको विशेष आतिथ्यता भएको कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

यस्तै गरी नेपाल फोटो पत्रकार महासंघ जिल्ला कार्य समिती नवलपरासीको पहिलो बैठक आज परासीमा सम्पन्न भएको छ । संघका नवनिवाचित अध्यक्ष अनिल यादवको अध्यक्षतामा बसेको बैठकले यहि भदौ २९, ३० र ३१ गतेसम्म चितवनमा हुने नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय महाधिबेशनमा जिल्लाबाट महाधिबेशन प्रतिनिधी पठाउने निर्णय गरेको छ । संघको पहिलो बैठकले नेपाल फोटो पत्रकार महासंघ नवलपरासीको सल्लाहकार समिती पनि गठन गरेको छ । संघको सल्लाहकारमा ताराचन्द्र बर्मा, हरि प्रसाद शर्मा ,पुरुषोत्तम सुबेदी र केशव पराजुली रहनु भएको छ ।

यस्तै गरी बैठकले नेपाल फोटो पत्रकार महासंघ नवलपरासीमा आबद्ध पत्रकारहरुका लागी नबिकरण शुल्क नगद रु पाच सय र नया सदस्यका लागी रु एक हजार शुल्क निर्धारण गर्ने निर्णय गरेको छ भने संघको खाता नेपाल राष्टिय बैंक परासीमा खोल्ने निर्णय समेत गरीएको नवर्निवाचित अध्यक्ष यादवले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-०९-१३ , समय : २३:००:४३ , २ वर्ष अगाडि