रुपन्देही खबर , २७१ पटक हेरिएको
भैरहवा, भदौ ३
नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखा रुपन्देहीको प्रथम अधिवेशन बाट पुन सभापतिमा बिपिन कुमार मिश्र निर्बिरोध निर्वाचित हुनु भएको छ । यस्तैगरि मायादेवी उपशाखाकाको उपसभापति माया केवट, सचिवमा बैजनाथ गुप्ता,कोषाध्यक्ष सम्भु तिवारी,सह-सचिवमाविजय पाण्डे,सह-कोषाध्यक्षमा शिव शक्ति बनिया चयन हुनु भएको छ भने सदस्यहरुमा इमिर्ती केवट, अब्दुल कयुम मुसलमान,शिशिर पौडेल, देवराज लोहार र खेम बहादुर चौधरी निर्वाचित हुनु भएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत दल बहादुर थापाले गोपिनियताको सपथ गराउनु भएको थियो भने मायादेवी गा.पा. उपाध्यक्ष नर्मदा देवी उपाध्यायले प्रमणपत्र बितरण गर्नु भएको थियो ।
मायादेवी उपशाखाको तदर्थ समितीका सभापति बिपिन कुमार मिश्रको अध्यक्षता तथा मायादेवी गाउँपालिकाको अध्यक्ष ध्रुव नारायण चौधरीको प्रमुख आतित्थ्यतामा अधिबेशन सम्पन्न भएको हो ।
उपशाखा तदर्थ समितिका सह-सचिव विजय पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा उप-प्रमुख नर्मदा देवी उपाध्यायको विशिष्ट आतित्थ्यता तथा वडा अध्यक्षहरु लगायत अन्य आजीवन सदस्यहरुको सहभागिता रहेकोे थियो ।
कार्यक्रममा कोषाध्यक्ष शम्भु तिवारीले मायादेवी उपशाखाको हाल सम्मको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा कार्यसमिति सदस्य तथा अधिवेशन निर्वाचन अधिकृत दल बहादुर थापाले रेडक्रसको मुल्य,मान्यता र सिद्धान्तको बारेमा जानकारी गराउदै मायादेवी उपशाखालाई पहिलो अधिवेशनको लागि शुभकामना एवम बधाई व्यक्त गर्दै अधिवेशनको सफलताको कामना समेत गर्नु भएको थियो ।
कार्यक्रममा मायादेवी गाउँपालिकाको कार्यालयको वडा नं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता सैलेन्द्र पाण्डेले नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखालाई पालिकाले सधै सहयोग र सहायता गर्ने र सामाजिक कार्यमा हातेमालो गर्ने बताउनु भएको थियो।
यस्तै गरि मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले गाउँपालिका र वडा स्तरले मायादेवी उपशाखालाई कार्यक्रम संचालन र सम्पादनमा सहयोग गर्ने भनि आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
यस्तै गरी नेपाल रेडक्रस सोसाइटी मायादेवी उपशाखाका नवनिर्वाचित सभापति बिपिन कुमार मिश्रले गाउँपालिकाको कार्यालयसंग सहकार्य गरि मानव सेवामा समर्पित रहि रेडक्रसको आदर्श,मुल्य,मान्यता र बिधान बमोजिम उत्तरदायी भएर आफ्नो जिम्मेवारी पुरा प्रतिबद्धता व्यक्त गर्दै अधिवेशनको समापन गर्नु भएको थियो भने अधिवेशनको खुला सत्रमा सम्पन्न भएको औपचारिक कार्यक्रमको सन्चालन शिशिर पोखरेलले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-०९-१९ , समय : २०:५९:२१ , २ वर्ष अगाडि