वनको लागि निर्माण गरेको नयाकार्य समिति वन कार्यालयको नियम बिपरित गठन

रुपन्देही खबर , १०१२  पटक हेरिएको

भैरहवा ,असोज ८

देवदह साझेदारी वन उपभोक्ता समुह देवदह रुपन्देहीको दोश्रो अधिबेशन तथा वडा स्तरीय भेलाले निर्माण गरेको नया समिति वन कार्यालयको नियम बिपरित गठन गरिएको जनगुनासो बढेको छ ।

देवदह साझेदारी वन उपभोक्ता समुह रुपन्देहीको देवदह नगरपालिका, ओमसतिया गाउपालिका र रोहिणी गाउपालिका संग जोडिएको वन भएपनि पछिल्लो समय वन कार्यालयको समिति गठनमा आफ्नो निकटको लाइ प्राथमिकता दिएर समिती गठन गरिएको जनगुनासो बढेको हो ।

रोहिणी गाउँपालिका वडा नम्बर १,२,३, ४, ५ र ओमसतिया गाउपालिका वडा नम्बर १,२ र ४ मा कुनै पनि जानकारी नै नदिइ समिति गठन गरिएको छ।

रोहिणी गाउँपालिकामा बन कार्यालयको वडा स्तरीय समिति गठन कार्यक्रममा बन कार्यालयका पुर्ब अध्यक्ष अकबल खान र बन कार्यालयका निर्वाचन अधिकृतको मिलोमतोमा रोहिणी गाउँपालिकामा वडा नं ३ को वडा अध्यक्ष बीर बहादुर क्षेत्री लगायतको उपस्थितीमा सर्वदलीय प्रतिनिधि समेतलाई झुक्याएर सात सदस्यीय समिति निर्माण गरेको खुलेको हो।

नया समिति गठन कार्यक्रममा पुर्ब अध्यक्ष अकबाल खानले गठन गरिएको सात सदस्यीय समिति एक दिनको लागि मात्र चयन गरिएको बताउनु भएको छ ।

रोहिणी गाउँपालिकाको हरेक वडाबाट सात सदस्यीय समिति निर्माण गरेर कुल १ सय ४५ जनाको समिति निर्माण हुने र त्यही १ सय ४५ मध्येबाट छनोट गरी १२ सदस्यीय समिति पुन चयन गर्ने र पछि स्वतः खारेज हुने कुरा बाहिर खुल्न आएको र पछि पुरानै समितिलाई नै राख्ने जनगुनासो बढेको हो ।

असोज २ गते रोहिणी ३ मा ७ सदस्यीय समिति गठन गर्दै एक चोटि पुन बन कार्यालयको अध्यक्ष बनाई आफुलाइ सहयोग गर्न पुर्ब अध्यक्ष अकबाल खानले आग्रह समेत गर्नु भएको समिति गठन कार्यक्रमका सहभागीहरुले बताएका छ्न ।

बन कार्यालयको अध्यक्ष बन्ने अभिप्रायले प्रत्येक वडामा १ देखि ४ सम्ममा बन् कार्यालयको नियम विपरीत त्रुटिपूर्ण प्रकृयाबाट खानले समिति निर्माण गराउँदै आएको जनगुनासो बढेको हो ।

यता अन्य दलका प्रतिनिधिलाई समावेश गराउने तर जनमत पार्टीको प्रतिनिधि लाई समावेश नगराएको भन्दै जनमत पार्टीका बिष्णु चौधरीले गुनासो समेत गर्नु भएको छ । वन कार्यालयको अध्यक्षको मिलोमतोमा ५ हजार क्युफिट सालको काठ र दाउरा जथाभावी रुपमा आफनो मान्छेको नाममा सिफारिस गरेर सस्तो मूल्यमा खरिद गर्ने र महँगो मूल्यमा बिक्री वितरण गर्न पाइदैन भन्ने डरले जनमत पार्टीको प्रतिनिधिलाई समितिमा समावेश नगराएको जनमतको ठहर छ।

प्रकाशित मिति: २०२२-०९-२४ , समय : २०:४९:२२ , २ वर्ष अगाडि