नवलपुरमा अवैध उत्खननमा संलग्न चार वटा ट्याक्टर नियन्त्रणमा

रुपन्देही खबर , ५६१  पटक हेरिएको

कावासोती, बैशाख १६
नवलपुरको कावासोती र डेढगाउँबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती नगरपालिका १६ डण्डाबाट तिन वटा ट्याक्टर र बौदिकालि  गाउँपालिका डेढगाँउ बाट एउटा गरि अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्दै गरेका चार वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कावासोतीबाट नियन्त्रणमा लिएको ट्याक्टरलाई अस्थाई प्रहरी पोष्ट डण्डा र डेढगाँउबाट नियन्त्रणमा लिएको ट्याक्टरलाइ इलाका प्रहरी कार्यालय डेढगाउँमा राखिएको छ ।

 

प्रकाशित मिति: २०२२-०४-२९ , समय : १२:३२:२९ , २ वर्ष अगाडि