उम्मेदवार खारेजका विरुद्ध रुपन्देही २ का गुरुङ सर्वोच्चमा

रुपन्देही खबर , ३११  पटक हेरिएको

भैरहवा,असोज २७

कसैको उजुरी बिना निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनको समर्थनमा एकीकृत समाजवादीका उम्मेदवार सर्वोच्च अदालतको शरणमा पुगेका छन् । निर्वाचन अधिकृतको कार्यालयले गरिदिएको आफ्नो उम्मेदवारी खारेजीको निर्णय बदरको माग गर्दै गुरुङ सर्वोच्च अदालत पुगेका हुन् ।

निर्वाचन आयोगविरुद्धको गुरुङको रिट निवेदन दर्ता गर्न निवर्तमान कानून मन्त्री गोविन्द बन्दी,बरिष्ठ अधिवक्ताहरु शम्भु थापा,रमण श्रेष्ठसहितको टोलि सर्वोच्च अदालत पुगेका छन् ।

गुरुङले बैकिङ कसूर सम्बन्धी मुद्दामा सजाय पाएको अभियोगमा निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेजी गरेका थिए । निर्वाचन ऐनमा उम्मेदवारका विरुद्ध सोही पदमा उठेका उम्मेदवारबाट उजुरी गर्न सकिने व्यवस्था भएपनि गुरुङको विरुद्ध विना उजुरी निर्वाचन अधिकृतले गुरुङको उम्मेदवार खारेज गरिदिएका थिए ।

एमाले उपाध्यक्ष बिष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका गुरुङसहित अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेजी भएको छ ।

प्रकाशित मिति: २०२२-१०-१३ , समय : १६:३०:५४ , २ वर्ष अगाडि