रुपन्देही युवा समूहको प्रथम नगर सम्मेलन यही वैशाख २४ गते हुने

रबिन्द्र गुप्ता , ५६२  पटक हेरिएको

भैरहवा, १६ वैशाख
रुपन्देही युवा समूहको सिद्धार्थनगरको प्रथम नगर सम्मेलन यही वैशाख २४ गते  हुने भएको छ । नगर सम्मेलन वैशाख २४ गते भैरहवामा आयोजना गर्ने निर्णय भएको समूहका अध्यक्ष विशाल गुप्ताले बताउनु भएको छ । भैरहवास्थित होटल पौवामा दिउँसो २ बजे सम्मेलन सुरु हुने गुप्ताले जानकारी दिनु भयो ।

त्यस्तै रुपन्देही यूवा समूहको शुक्रबार भैरहवामा सम्पन्न बैठकले मेहबुब आलमलाई सिद्धार्थनगर इञ्चार्जमा मनोनित गरेको छ । समूहले स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आएको संस्थाका संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०४-२९ , समय : २३:२३:०८ , २ वर्ष अगाडि