आज धनतेरस पर्व मनाइँदै

रुपन्देही खबर , २७७  पटक हेरिएको

भैरहवा, कार्तिक ५

हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ । ।धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । 

तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पंचांग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१०-२२ , समय : ०८:२५:०६ , २ वर्ष अगाडि