रुपन्देहीमा जवरजस्ती करणी गरेको अभियोगमा ९ जना पक्राउ

उर्मिला यादव यात्री , ४९३  पटक हेरिएको

भैरहवा, कार्तिक १८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जवरजस्ती करणी गरेको अभियोगमा ९ जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सैनामैना नगरपालिका १० बस्ने बर्ष १८ को बबि पाण्डे, सोहि स्थान बस्ने बर्ष २६ को राम बहादुर बि.क लगायतका थप ३ जना र सैनामैना न.पा.११ बनकट्टि बस्ने बर्ष १९ को पदम कार्की, जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ८ बस्ने बर्ष १८ को राहुल परियार लगायतका थप २ जना रहेका छ्न ।

यहि कार्तिक १६ गते राति साढे १ बजेको समयमा जिल्लाको कञ्चन गाउँपालिका वडा नं. २ गोफ्लापुर स्थित बाटोमा हिड्दै गरेकी १५ र १६ बर्षीय २ जना किशोरीलाई ११/ १२ जनाको समुहमा आएका मानिसहरुले अपहरण गरी जंगल तथा खोलाको किनारमा लगी जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय रुद्रपुर, सुर्यपुरा र सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा १५ बर्षीय किशोरीलाई जिल्ला रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ८ स्थित देउराली सामुदायिक वनको जंगलमा लगी जवरजस्ती करणी गर्ने सैनामैना नगरपालिका १० का बबि पाण्डे, सोहि स्थान बस्ने राम बहादुर बि.क लगायतका थप ३ जना र १६ बर्षीय किशोरीलाई गैडहवा गाउँपालिका वडा नं.२ कुलिचौर स्थित कञ्चन खोलाको बगरमा लगी जवरजस्ती करणी गर्ने सैनामैना न.पा.११ बनकट्टिका पदम कार्की, गैडहवा गाउँपालिका वडा नं. ८ का राहुल परियार लगायतका थप २ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-०४ , समय : १२:३५:२७ , २ वर्ष अगाडि