रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो

रुपन्देही खबर , ७८०  पटक हेरिएको

भैरहवा, मंसिर ४

रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले अन्तिम विवरण भने अझै आइनसकेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही समयपछि अन्तिम विवरण आउने जानकारी दिनु भएको छ ।

आइतबार बिहान ७ बजेदखि सुरु मतदान साँझ ५ बजेसम्म चलेको थियो । रुपन्देहीमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेका छन् । मतदान सकिएपछि मतगणनाका लागि निर्वाचन आयोगले मतगणना स्थलमा आवश्यकता अनुसार व्यवस्थापन गरिसकेको र राति १० बजेदेखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-२० , समय : १९:११:०५ , २ वर्ष अगाडि