लुम्बिनी क्षेत्रनम्बर ५ (ख) प्रदेशसभा सदस्यमा जनमतका सि के गुप्ता विजयी

अमित चौहान , ५७४  पटक हेरिएको

भैरहवा, मंसिर ७

लुम्बिनी क्षेत्र नम्बर ५ ( ख) प्रदेश सभा सदस्यमा जनमत पार्टीका उम्मेदवार युवा नेता चन्द्रकेस गुप्ता ( सि के गुप्ता ) गुप्ता विजयी हुनु भएको छ । सि के गुप्ता जिते संगै लुम्बिनीमा जनमत पार्टीले एतिहासिक जित हासिल गरेको छ ।

गैडाहवा गाउँपालिकाको भवनमा मतगणना केन्द्रमा सोमबार विहान ११ बजे देखि मतगणना सुरु भएकोमा अन्तिम सम्ममा अग्रता कायमै रहेको छ । रुपन्देही प्रदेश सभा सदस्य ५( ख) को कुल ३४ हजार ७ सय ८३ मतगणना हुँदा गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याइ विजयी हुनु भएको हो ।

उहाका निकटतम प्रतिस्पर्धामा रहनु भएको नेपाली कांग्रेसका फकरुद्दिन खानले ११ हजार ६ सय ५१ मत पाउनु भएको छ भने नेकपा एमालेका उमेदवार रामचन्द्र यादवले ४ हजार ८ सय ३८ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत चिन्तामणी शर्माले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-२३ , समय : १३:१२:४२ , १ वर्ष अगाडि