नवलपरासी क्षेत्र नम्बर १ बाट उद्योगपति बिनोद चौधरी विजयी

रुपन्देही खबर , ३३१  पटक हेरिएको

नवलपरासी , मंसिर ८

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार उद्योगपति बिनोद चौधरी विजयी हुनु भएको छ । उहाले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गर्नु भएको हो ।

चौधरीले २९ हजार ४ सय ९४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गर्नु भएको छ । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी तेस्रो स्थानमा रहनु भएको छ ।

यो क्षेत्रमा ८४ हजार ३ सय ३५ मत खसेको थियो।यद्यपि औपचारिक घोषणा हुन बाकी रहेकोे छ ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : २२:४९:५४ , १ वर्ष अगाडि