प्लाष्टिकजन्य पदार्थहरु नजलाउन सिद्धार्थनगर नगरपालिकाको आग्रह

उर्मिला यादव यात्री , २०१  पटक हेरिएको

भैरहवा, मंसिर २८

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकजन्य पदार्थहरु नजलाउन आग्रह गरेको छ । वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिका भित्र पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु नजलाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सूचना जारी गर्दै जानकारी दिनु भएको छ ।

पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुने भएकोले वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले यस्तो नगर्न आग्रह गरिएको हो ।

‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भइ जनस्वास्थ्य असर परेको हुदाँ उक्त कार्य नगर्नका लागि सूचना जारी गरी सूचित गरेको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले जानकारी दिनु भएको छ भने अटेर गरेमा कानून बमोजिम कारवाही समेत गर्ने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: २०२२-१२-१४ , समय : १५:०६:१९ , १ वर्ष अगाडि