सडकको मर्मतमा ध्यान नदिँदा अधिकांश ठाउँमा सडकको पिच भत्कियो

हुसेन अन्सारी , ३९४  पटक हेरिएको

परासी, पुष १

लामो समयदेखि मर्मतको भावमा महेसपुर–त्रिवेणी सडक ध्वस्त भएको छ । तिन तहकै सरकारले उक्त सडकको मर्मतमा ध्यान नदिँदा अधिकांश ठाउँमा सडकको पिच भत्केर सडक ध्वस्त बनेको छ । महेसपुर देखि पिपरपातीसम्म करिब १३ किलोमिटर दुरीको उक्त सडक मर्मतमा यि तिन तहकै सरकारले चाँसो नदेखाउदा सकड विग्रीदै जिर्ण बन्दै गएको छ ।

बर्षामा हिलाम्मे र घाममा धुलाम्मे बन्ने उक्त सडकमा यत्रा गर्ने यात्रीलाई निकै सास्ती खेप्नु परेको स्थानिय युवराज मौर्य बताउछन् । उनी भन्छन सडकको समयमै मर्मत नभएकाले सडकको अधिकांश ठाउँमा पिच भत्किएर ठुला–ठुला खाल्डाखुल्डी भएको छ आवत जावत गर्न यात्रीलाई निकै कठिनाई हुने गरेको उनको भनाई छ ।

एक दशक अगाडी तत्कालिन जिल्ला विकास समितिले विश्व बैंकको आर्थिक सहयोगमा ग्रामिण पहुँच सुधार तथा विकेन्द्रीकरण परियोजना (आरए आई डिपि) अन्तर्गत दुई चरणमा यो महेसपुर–वित्रेणी सडक निर्माण गरेको थियो । धुलो ढाक्न र सामान्य भारको सवारी साधन सहजै गुडन सक्ने उद्देश्यले तत्कालिन जिविसले पाल्हीनन्दन गाउँपालिका वडा १ महेसपुरदेखि प्रतापपुर गाउँपालिका वडा ८ पिपरपाती हुदै बेलाटारीसम्म १७ किलोमिटर दुरीको उक्त सडकलाई दुई चरणमा ठेक्का गरि ओटाशिल पिच गरेको थियो । उक्त सडक साढे ४ करोडमा सम्पन्न भएको थियो ।

बेलाटारीदेखि त्रिवेणी सम्म पु¥याउन अर्कै निकायले पिच गरेको थियो । हाल बेलाटारी देखि रानीनगरसम्म हुलाकी सडक र पिपरपाती देखि बेलाटारी सम्म यि दुबै सडक रिहैब भईरहदा महेसपुरदेखि पिपरपातीसम्म यो सडक भने लावारिश बनेको छ । उक्त सडक जिविस रहदासम्म मर्मत भयो तर जिविस खारेज भएपछि यस सडकको स्वामित्व कुनै पनि सरकारले नलिदा यो सडक लावारिश बनेको छ ।

यो सडक सिमावर्ति क्षेत्रमा ठुलो सडक संजाल रहेको छ । यसले सिमावर्ति गाउँपालिका पाल्हीनन्दन, सरवाल, प्रतापपुर हुदै सुस्ता गाउँपालिकालाई प्रत्यक्ष जोडेको छ । भारतीय सिमाबाट कतै १ किलोमिटर त कतै २ देखि ३ किलोमिटर भित्र भएर गएको यो सडक निकै चलायमान छ । यसमा नेपाल र भारतका अधिकांश सिमावर्ति बासिन्दाहरुको ओहोरदोहोर हुने गर्दछ । यस सडकमा सामान्य भारका सवारी साधान गुडने गरि ओटाशिल पिच गरिएको थियो तर सिमा क्षेत्रमा उखु, माटो, ढुंगागिट्टी बालुवा, खाद्यान्न, कबाड लगायतको बढि भार बोकेर ट्रक हाईवाहरु सहितका सवारीसाधन दगुर्न थालेपछि यो सडक दिनदिनै भत्किदै गएको छ ।

यता सडकलाई वृहद मर्मतका लागि छटै सम्बन्धित निकायमा पहल गर्ने प्रदेशसभा सदस्य देवकरण कलवारले बताउनु भयो । विगतका भन्दा अहिले यस सडकमा ठुला हेभि सवारीसाधनहरु पनि गुडन थाले, यात्रीहरुको चाप पनि बढेको छ । बर्षामा बाढीका पानी सडक माथि नै भएर बग्ने गर्दछ बाटोको अवस्था विजोग छ अब यसलाई बलियो बनाउन पुनः बेस राखेर थप उचाई गरि पिच गर्नु पर्ने आवश्यक्ता देखिएको प्रदेशसभा सदस्य कलवारले बताउनु भयो ।

सडक बनेको १० बर्ष वित्यो । सडकको सामान्य मर्मत र सरसफाईका लागि सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले यस सडक सहित नवलपरासीको ३ र रुपन्देहीको २ गरि कुल ५ वटा सडक मर्मतका लागि रकम १० करोड ४३ लाख ६० हजार ८७१ रुपैया बिनियोज गरि अगाडी बढेको छ । कार्यालयले उक्त सडक सहितका तोकिएको अरु ४ सडकमा २०८१ असार ९ गतेसम्म सडकको सरसफाई, खाल्डाखुल्डी पुर्ने, नाला सफाई गर्ने, पुल वरपरका झारपात फाल्ने लगायतका सामान्य कार्यहरु गर्ने काम अगाडी बढाएपनि यस सडक खण्डमा यि काम गर्न खटिएका मजदुरहरु खासै काम गरेको देखिएछैन । यस सडकको अवस्था देख्दा यो सामान्वय मर्मतले नहुने र यसलाई पुनः पिच गर्नु पर्ने देखिएको स्थानियको भनाई छ ।

प्रकाशित मिति: २०२२-१२-१६ , समय : २२:१५:४८ , २ वर्ष अगाडि