उमेश बिक , ५५५ पटक हेरिएको
नवलपरासी , पुस १
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सभाहलमा विपन्न सिमान्तकृत तथा अल्पसंख्यक समुदायको मानव अधिकार अवस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश कार्यालयकाे आयाेजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा कार्यक्रम भएको हाे।
राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश अधिकृत इन्द्रजित सहानीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले विपन्न सिमान्तकृत तथा अल्पसंख्यक समुदाय मध्ये मुसहर जाति सरावलमा निकै पछाडि परेकोले वहाँहरुकाे जिवनस्तर उकास्नकाे लागि अगामि दिनमा बजेट बिनियाेजन गरि काम अगाडि बढाउने बताउनु भएको हाे। जिवनस्तर नाजुक रहेको र शिक्षा , स्वास्थ्य लगायतको मुख्य समस्या रहेकोले उनिहरुलाई मुलधारमा ल्याई समस्या समाधान गर्न पालिकाबाट विशेष पहल गर्ने प्रतिबद्धता गर्नुभएको हाे।
नेपाल सरकारका विभिन्न निकायबाट नागरिकहरुले सेवा सुविधा पाएकाे छ कि छैन ? नागरिकले पाएकाे सेवा सुविधा रेकर्ड छ कि छैन ? त्यसको अनुगमन गरि नेपाल सरकारलाई सिफारिस गर्ने उद्देश्यले कार्यक्रम गरिएको राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश कार्यालयकाे सहायक प्रथम अजित कुमार ठाकुरले जानकारी दिनुभएको हाे।
सरावल गाउँपालिकामा १०३ जना मुसहर जाती रहेका तथ्यांक प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीबाट विभिन्न प्रश्नकाे जवाब पालिका अध्यक्ष , वडा अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयाेग लुम्बिनी प्रदेश अधिकृत इन्द्रजित सहानीले दिनुभएको थियोे ।
कार्यक्रममा सरावल गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष विष्णु प्रसाद भट्टराई , नम्बर २ कार्यवाहक अध्यक्ष तुफानीलाल गुप्ता ,वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चौधरी, वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धुनिया, मुसहर समुदायको ब्यक्ति एवं सन्चारकर्मि , नागरिक अगुवा तथा कर्मचारीहरुकाे उपस्थित रहेको राष्ट्रिय मानव अधिकार अायाेग लुम्बिनी प्रदेश कार्यालयकाे सहायक प्रथम अजित कुमार ठाकुरले जानकारी दिनुभएको हाे।
प्रकाशित मिति: २०२२-१२-१६ , समय : २२:३३:२६ , २ वर्ष अगाडि