ठोरीका पूर्व गा.वि.स.उपाध्यक्ष नर्भु लामाको निधनमा आज सार्वजनिक विदा

मेघराज राय , ३९१  पटक हेरिएको

पर्सा , पुस ०३

पूर्व गा.वि.स. उपाध्यक्षको निधनमा पर्साको ठोरी गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ ।

२०४९ सालको पहिलो स्थानीय निर्वाचनमा साविक निर्मलबस्ती गा.बि.स. बाट उपाध्यक्षमा निर्वाचित भएका नर्भु लामाको निधन भएपछि गाउँपालिकाले आज आइतवार सार्वजनिक विदा दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णलाल श्रेष्ठले शुक्रवार एक सूचना जारी गर्दै ३ गते आइतवार गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालय र विद्यालयहरु बन्द हुने जानकारी गराउनु भएको हो ।स्वर्गीय लामाको चिर शान्तीको कामना गर्दै उहाको सम्मान र स्मृतिमा गाउँपालिकाको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : ०८:०५:२७ , १ वर्ष अगाडि