रुपन्देही नागरिक समाजद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कृषि मलखाद र बिउबिजनको सहज आपुर्तिको माग गर्दै भैरहवामा खबरदारी एवम दबाब रयाली

उर्मिला यादव यात्री , ३७८  पटक हेरिएको

भैरहवा , पुस ८

रुपन्देही नागरिक समाज सिद्धार्थनगर रुपन्देहीले पेट्रोलियम पदार्थको अत्यधिक मुल्यबृद्धि,अप्रत्यासित रुपमा बढाइएको बैंक ब्याजदरको बिरोध गर्दै कृषि मल, खाद र बिउबिजनको सहज आपुर्तिको माग गर्दै आज भैरहवामा खबरदारी एवम दबाब रयाली गरेको छ । समाजले रुपन्देहीमै बैदेशिक मेडिकल रिर्पाेट बनाउने कार्यालयको स्थापना, सरकारले हालै ल्याएको मुलुकी फौजदारी संहिता संशोधन बिधेयकले समाजमा अराजकता सृजना गर्ने भएकाले आफनो ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजले खबरदारी एवम दबाब रयालीमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर, अप्रत्यासित रुपमा बढाइएको बैंक ब्याजदर खारेज गर, कृषि मल, खाद र बिउबिजनको सहज आपुर्ति गर, बैदेशिक मेडिकल रिर्पाेट बनाउने कार्यालयको स्थापना गर, अपराधिलाई उन्मुक्ति दिन ल्याइएको बिधेयक खारेज गर लगायतका नारा संगै खबरदारी गर्दै दबाब दिएको हो ।

भैरहवाको बुद्ध चोकदेखि निकालिएको दबाब रयाली जिल्ला प्रशासन कार्यालय रुपन्देहीको कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै रुपन्देही नागरिक समाज सिद्धार्थनगर भैरहवाका अध्यक्ष ईश्वरी प्रसाद चापागाईले नागरीक समाज समाजमा भएका गतिबिधीहरुको बाच डगको रुपमा भएकाले समाजमा त्रुटि र कमीकमजोरी भएमा आफनो भुमिका निर्वाह गर्दै सहि बाटोमा ल्याउने गरेको बताउनु भएको छ । उहाले नागरीक समाजले नागरीकको हकहित र समाजमा शुशासन राख्ने चाहना राख्ने भएकोले समाजमा खबरदारी गर्दै आएको उल्लेख गर्नु भएको छ ।

यस्तै गरी रुपन्देही नागरिक समाज सिद्धार्थनगर रुपन्देहीले उल्लेखित समस्याहरुको समाधानका लागी प्रमुख जिल्ला. अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नागरीक समाजका संस्थापक तथा निर्बतमान अध्यक्ष क्याप्टेन रेशम केसी, अध्यक्ष ईश्वरी प्रसाद चापागाई, कार्यक्रम संयोजक रामकृष्ण हमाल, महासचिव दीपक कुमार केसी, बरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ता, उपाध्यक्ष शारदा पोखरेल, चन्द्र रोका, कोषाध्यक्ष ईशा खडका, सिनपा नगरकमीटी अध्यक्ष राजा प्रताप शाही लगायत संस्थाका पदाधिकारीहरुको समुहले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरीक समाजले माग गरेका मागहरु जायज र आमनागरीकको हितको लागी भएको बताउदै ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

खबरदारी एवम दबाब रयालीमा कार्यक्रम संयोजक रामकृष्ण हमालले कार्यक्रमको समापन गर्दै नागरीक समाजले उठाएका समस्याहरुको बारेमा खबरदारी र सहयोग गर्ने सबैमा धन्यवाद दिदै आगामी दिनमा पनि यसरी नै साथ र सहयोगको अपेक्षा साथ एकजुट भएर अगाडी बढन आग्रह गर्नु भएको छ । खबरदारी एवम दबाब रयालीमा सिद्धार्थनगर नगरपालिका,सियारी गाउपालिका,ओमसतिया गाउपालिका ,मायादेवी गाउपालिका,सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, तथा देवदह नगरपालिकाका नागरीक समाजका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : १९:२१:५८ , २ वर्ष अगाडि