नवलपरासीको सुनवलमा पिकअप र ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु

उर्मिला यादव यात्री , ४३४  पटक हेरिएको

नवलपरासी , पुस २९

नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सुनवल न.पा. ४ अल्कत्रेडाडा स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१ नंम्बरको पिकअप र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ९७१५ नम्बरको कोइला लोड गरेको ट्रक एक आपसमा ठोक्किदा पिकअप चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने बर्ष ५२ को राज कुमार बि.क. को टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाइते भएको र उचपारको लागी जिल्ला अस्पताल परासी पठाईएकोमा आज बिहान डाक्टरले मृत्यु घोषण गरेको प्रहरीले जनाएको छ ।

यस्तै गरि पिकअपमा सवार भरतपुर महानगरपालिका वार्ड नं २३ बस्ने बर्ष २५ को शिव श्रेष्ठको टाउको र दुवै खुट्टामा चोट लागि घाइते भएकोले उपचारको लागी देवदह मेडिकल कलेज भलुहिमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार ट्रक चालक मकवानपुर मनहरी गाउंपालिका वार्ड नं ३ हांडिखोला बस्ने बर्ष ४८ को कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र घटना के कसरी हुन गएको हो भन्ने बिषयमा आवश्यक अनुसन्धान भैरहेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : ०८:५७:१३ , १ वर्ष अगाडि