रुपन्देही खबर , ९ पटक हेरिएको
काठमाण्डाै, भदौ २५
सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्ग्स नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई ३–१ को सेटमा हरायो ।
पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार ३ सेट जित्यो । अन्नपूर्णले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० ले जित्यो । सगरमाथाले पहिलो सेट २५–२१ ले जित्यो । अन्नपूर्ण लगातार चौथो जीतसहित १२ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो । अन्नपूर्ण आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।
लिग चरणको अन्तिम दिन अहिले कर्णाली शिवराज र मधेश वारिसर्यबीच खेल भइरहेको छ । मधेश प्रतियाेगिताबाट बाहिरिइसकेकाे छ यस्तै बेलुकी ७ बजे काठमाण्डौ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन् । खप्तड प्रतियाेगिताबाट बाहिरिइसकेकाे छ । कर्णाली र काठमाण्डौले समान ८ अङ्कसहित प्लेअफमा स्थान बनाइसकेका छन् । ६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल आउँदो २८ गते आइतवार हुनेछ ।
प्रकाशित मिति: २०२६-०९-१० , समय : २१:१५:१२ , १९ मिनेटutes अगाडि