टी–२० वरीयतामा नेपाल १४औँ स्थानमा

रुपन्देही खबर , ३१  पटक हेरिएको

काठमाण्डाै,असोज ९

आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १४औँ नम्बरमा उक्लिएको हो । नेपालले १८१ रेटिङ प्राप्त गरेको छ ।

एशियाली खेलकुदमा आज भएको खेलमा टेस्ट राष्ट्र अफगानिस्तानलाई हराएसँगै नेपालले वरीयतामा सुधार गरेको हो । अफगानिस्तान भने एक स्थान तल झर्दै १०औँ नम्बरमा पुगेको छ ।

अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटाएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि बिहान पौने ६ बजे जापानसँग खेल्नेछ । आईसीसी टी–२० वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा यथावत् छन्

प्रकाशित मिति: २०२६-०९-२५ , समय : १९:३१:१० , १ घन्टा अगाडि