रुपन्देहीको बिथरीमा यहि माघ १ गते खिचडी महोत्सव हुने

उर्मिला यादव यात्री , ८२१  पटक हेरिएको

भैरहवा , पुस २९

रुपन्देहीको बिथरीमा यहि माघ १ गते देखि मकरसंक्रान्ती पर्वको अवसरमा खिचडी महोत्सव हुने भएको छ । गोपाल सेवा समिति र यदुवंशी युवा समाज रुपन्देहीको आयोजनामा यहि माघ १ गते देखि खिचडी महोत्सव तथा बिरहा मुकाबला र शुभकामना आदानप्रदान कार्यक्रम हुने गोपाल सेवा समिती रुपन्देहीका जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवले बताउनु भएको छ ।

बिरहा मुकाबला कार्यक्रममा बिरहा गायक हरिकेश यादव र रन्जना सिंहको प्रस्तुति रहनेछ भने कार्यक्रम बिहान १० बजे देखि तिनाउ मा.बि मायादेबि ६ बिथरीमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०१-१३ , समय : १३:११:३२ , १ वर्ष अगाडि