ओमसतिया ६ नरैनापुरम चौथो ओमसतिया कला संस्कृती महोत्सव २०७९ सुरु

बिवेक बिश्वकर्मा , ३०६  पटक हेरिएको

भैरहवा, माघ १

स्थानिय कला, संस्कृति एवम खेलकुदलाइ प्रवर्द्धन गर्ने उद्देश्य सहित ओमसतिया गाउपालिका वडा नम्बर ६ नरैनापुरमा आइतबार देखि चौथो ओमसतिया कला संस्कृती महोत्सव २०७९ सुरु भएको छ । ५ दिन सम्म चल्ने उक्त महोत्सवको आज प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उदघाटन गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले मेला आयोजना स्थलको मैदानलाइ गुरुयोजना बनाइ रंगशालाको रुपमा बिकसित गर्न आग्रह गर्नु भएको छ । यसको पहल गाउपालिकाले गरे आफुले सक्दो सहयोग गर्ने उहाले प्रतिवद्दता जनाउनु भएको छ। भौतिक पुर्वाधार तर्फ शंकरपुर चोक देखि धकधइ र सो भन्दा केही तल सम्म पूरा हुने उहाले बताउनु भयो ।

यस संगै यो क्षेत्रमा बिकास निर्माणका काम जारी रहेकोले यसको गुणस्तरीयताको लागि सबैको अप्नत्व लिन उहाले आग्रह गर्नु भयो । मुख्यमन्त्रीमा रुपन्देहिका लिला गिरि बने संगै यस क्षेत्रमा बिकास निर्माणले फडको मार्ने उहाले बताउनु भयो । यस संगै समाजिक बिकासमा महिला स्वास्थ्य स्वयंसेविका, जेष्ठ नागरिकको बिकासमा आफू प्रतिवद्द रहेको उहाले बताउनु भएको छ । आफू पहिलो कार्यकालमा हुदा यस क्षेत्रमा रहेका अधुरा योजनाहरुलाइ पूरा गर्ने आफ्नो प्राथमिकतामा रहेको विश्वकर्माको भनाइ छ । उहाले यी सबैको बिकासको लागि तिनै तहको सरकारको समन्वय आवश्यक रहेको बताउनु भयो । उहाले एकले अर्कालाई निषेध गरेर नभइ सबैको सहकार्यमा अगाडि बढनु पर्ने जोड दिनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले गाउपालिकामा हुने यस्तो प्रकारको कार्यक्रमलाइ पालिकाले अपनत्व लिए संस्कृति एवम खेलकुदको संरक्षणमा लगानी गर्न तयार रहेको स्पष्ट पार्नु भयो । भौतिक पुर्वाधारको बिकास संगै संस्कृति एवम खेलकुदको बिकास पनि अपरिहार्य रहेको बताउदै उहाले स्थानिय स्तरमा रहेका कलाकारहरु एवम खेलाडीहरुको मनोभावनालाइ उच्च बनाउन पालिका लागि परेको जिकिर गर्नु भयो । यसको लागि पालिकाको प्रयास मात्र प्रयाप्त नभइ सबैको सहयोगको पनि उत्तिकै आवश्यक रहेको उहाले बताउनु भयो ।

गाउपालिकाको समग्र बिकासको लागि गाउपालिकाबासीको रचनात्मक सुझावको सधै खाचो रहने उहाले बताउनु भयो ।

यस्तै रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले लोप हुन लागेको पराम्परालाइ ओमसतिया गाउपालिकाले जोगाउन पहल गर्नु सराहनीय रहेको बताउनु भएको छ । उहाले रोहिणी र ओमसतिया गाउपालिका मिलेर यस क्षेत्रको बिकासमा लागेको बताउनु भएको छ । सबै समुदायको धर्म संस्कृतिको रक्षा गर्दै दुबै पालिका अगाडि बढे मात्र संघीयताको मर्म पूरा हुने यादवले जिकिर गर्नु भयो

महोत्सवमा माघ १ देखि ३ गते सम्म कुस्ती महामुकाबला प्रतियोगिता , ५ गते सम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता ,अन्तर बिद्यालय नृत्य प्रतियोगिता तथा बेलुका ६ बजे देखि बिराहा सास्कृतिक कार्यक्रम का साथ राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताउनु भयो । नरैनापुर रंगशालामा सुरु भएको महोत्सवमा स्थानिय उत्पादन हरुको प्रदर्शन तथा बिक्रि ,कृषि प्रदर्शन , खाना उत्सव, माघिको अवसरमा खिचडी उत्सव तथा थारु संस्कृती झल्कने कार्यक्रम समेत राखिएको छ । कार्यक्रम मा प्रवेश निशुल्क हुने तथा स्टल राख्न चाहने हरुले समेत कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताएका छन ।

श्री रामजानकी मन्दिर रंगशाला सभाहल ब्यवस्थापन समितिका अध्यक्ष शिव कुमार धवलको अध्यक्षता, सांसद छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ओमसतिया गाउपालिकाको उपाध्यक्ष सुनिता चौधरी, पालिकाका प्रवक्ता मदन प्रसाद पोख्रेल, पुर्व वडा अध्यक्ष चन्नर प्रसाद यादव, इन्द्र कुमार यादव लगायतले बोल्नु भएको थियो ।भने कार्यक्रमको सन्चालन इन्द्रजित यादवले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : २२:५०:५९ , १ वर्ष अगाडि