रुपन्देही खबर , २३४ पटक हेरिएको
काठमाडौं, माघ १३
राष्ट्रियसभामा रिक्त उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको लागि निर्वाचन गर्न माघ २३ गते सोमबारको लागि मिति तोक्नु भएको हो ।
उहाले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन समेत दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०१-२७ , समय : १८:५१:१९ , २ वर्ष अगाडि