लुम्बिनी प्रदेशलाई आर्थिक राजधानीको रुपमा बिकास गर्नुपर्ने : मुख्यमन्त्री गिरी

उर्मिला यादव यात्री , ३४२  पटक हेरिएको

भैरहवा, माघ १५

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संचार क्षेत्रको समग्र बिकास र पत्रकारका हकहित र पत्रकारिता पेशा संरक्षण र सुरक्षाका बारेमा राष्ट्रले काम गर्न नसकेको बताउनु भएको छ । लुम्बिनी प्रेस क्लबको नवनिर्मित भवन समुद्धघाटन तथा सम्मान समारोहमा भवनको उदघाटन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनु भएको हो । राष्ट्रले, संघिय सरकारले , प्रदेश र स्थानिय सरकारले संचार क्षेत्रसंग सहकार्य गरेर अघि बढनुपर्ने बताउनु भयो । उहाले देशमा रहेको अस्थिरताको समस्याले हामीलाई अगाडी बढन नदिएको गुनासो गर्नु भयो । संंंंसदीय ब्यवस्थामा अल्पमत, बहुमत हुदा सरकार ढल्नु र बन्नु स्वभाबिक भएको बताउदै यस बिषयमा क्रियाशिल रहेका ब्यक्तिहरुले बिश्लेषण गर्नुपर्ने बताउदै नागरीकलाई सजग गराउनुपर्ने उल्लेख गर्नु भयो ।

मुलुकको भलो स्थायित्व रुपमा रहेको छ । राजनितिक पार्टी आउने र जनताले जिताउने आफनो ठाउमा भएको बताउदै सिस्टमलाई दिगो बनाउने बिषयलाइ आफनो बिश्लेषण बाट जनतालार्ई सजग बनाउने र राजनितिक कर्मीहरुलाई ठीक ठाउमा उभिन बाध्य पार्ने महत्वपुर्ण पाटो भएको बताउनु भयो ।

मन्त्री गिरीले बिधि पुर्वक निर्णय नगरीकन नै लुम्बिनी प्रदेशको राजधानी रातारात सारिएको गुनासो गर्नु भयो । आफु पनि यस जिल्लाको नागरिक रहेको र कतिपय कार्यहरु ब्यवस्थापन गर्न मिलेर गर्नुपर्ने बताउनु भयो । मन्त्री गिरीले लुम्बिनी प्रदेशलाई आर्थिक राजधानीको रुपमा बिकास गर्नुपर्ने बताउनु भएको छ । उहाले अन्तराष्ट्रिय बिमान स्थल अरबौ खर्च गरेर बनाएकोले संचालन हुन नसके उपलब्धीहीन तरीकाले यसको अवस्थालाई हेर्न नसक्ने बताउनु भएको छ । उहाले अन्तराष्ट्रिय बिमान स्थल छिटटै नै संचालन हुने बताउदै प्राबिधिक रुपमा रहेको समस्यालाई समाधान गर्ने बताउनु भएको छ ।

मन्त्री गिरीले लुम्बिनी अन्तराष्ट्रिय ब्यापार नाका भएको सन्दर्भमा भैरहवाले लुम्बिनीलाई नेतृत्व गर्ने आर्थिक क्षेत्र लगायत ब्यापारिक, औद्योगिक क्षेत्र ,पर्यटकिय क्षेत्रमा अगुवाइ गर्ने सम्भावना रहेकोले यसमा बिशेष ध्यान जाने मन्त्री गिरीले बताउनु भयो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले अन्तराष्ट्रिय बिमान स्थल संचालनका लागी मुख्यमन्त्री गिरीलाई ध्यानाकर्षण गराउनु भएको छ । उहाले यसको लागी मुख्यमन्त्रीले डिल गर्नुपर्ने बताउनु भयो । उहाले लुम्बिनी प्रेस क्लबले नगरपालिका संग माग गरेको प्रेस एकेडेमीका लागी नगरपालिकाबाट सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ । नगरप्रमुख खानले जनप्रतिनिधिहरुले गल्ती गरे पहिलोपटक सुधार गर्ने मौका दिनुपर्ने जोड दिनु भयो ।

यस्तै गरी लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले पत्रकारहरुको सुरक्षणको लागी तीन लाखको अक्षयकोष स्थापना गरेको बताउनु भएको छ । उहाले उक्त कोषलाई आगामी ५ बर्षमा बढाएर २० लाख पुरयाउने लक्ष्य राखिएको बताउनु भयो । उहाले पत्रकारहरुलाइ सो कोषबाट क्यामेरा , ल्यापटप किन्न सहयोग गर्ने तथा औषधी उपचार खर्च र कदमकदाचित कुनै पनि सदस्य पत्रकारको निधन भएमा आश्रित परिवारलाई सहयोग गर्ने गरी कार्यबिधि बनाइने बताउनु भएको छ । उहाले सिद्धार्थनगरको सहकार्यमा अर्काे सात लाखको अक्षयकोष स्थापना गरीएको समेत जानकारी दिनु भएको छ । उहाले प्रेस क्लबले आफनो बिधानलाई टेकेर पत्रकार आचारसंहिता अनुरुप पत्रकारको क्षमताबृद्धिको सम्बन्धीकार्यक्रम गर्दै आएको समेत जानकारी दिनु भएको छ ।


कार्यक्रममा मायादेवी गाउपालिकाका अध्यक्ष ध्रुबनारायण चौधरी , नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल , लुम्बिनी प्रेस क्लबको उपाध्यक्ष सम्झना शर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रेस क्लबका महासचिव कमल रायमाझीले गर्नु भएको थियो । कार्यक्रममा प्रेस क्लबको भवन निमार्णमा सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरीएको थियो ।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : ००:१५:२० , २ वर्ष अगाडि