पेट्रोलियम पदार्थको मूल्य पुनः बढयो

रुपन्देही खबर , २४६  पटक हेरिएको

जेठ १

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साबिकको मूल्यमा दश रुपैयाँ प्रतिलिटर बढाएको हो। निरन्तर घाटा रहेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल अब प्रतिलितर १७० पुगेको छ, यस्तै, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १५३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा चार अर्ब २५ करोड रुपैयाँ अनुमानित घाटा रहेको जनाइएको छ।

प्रकाशित मिति: २०२२-०५-१५ , समय : ०६:५५:०५ , २ वर्ष अगाडि