सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था भुमहीद्वारा सहकारी शिक्षा शिविर संचालन

रुपन्देही खबर , ४७०  पटक हेरिएको

भुमही , माघ १६

सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सव रजत जयन्ती को अवसरमा आज भुमहीको नेचरे रिभर भ्यु रिर्सोटमा सहकारी शिक्षा शिविर संचालन गरेको छ । रजत जयन्ती मूल समारोह समिति संस्थाका अध्यक्ष यमलाल पाण्डेय को अध्यक्ष्ता एबम जिल्ला सहकारी सस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धटान जिल्ला सहकारी सस्थाका अध्यक्ष विष्णु प्रसाद पौडेले गर्नुभएको कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउपालिकाका अधिकृत बुद्ध प्रकाश पौडेलले सहकारी भनेको के हो , सहकारीमा लागेर सहकारीको कुरा किन सुन्नु पर्छ र सहकारीका ७ वटा सिद्धान्त बारेमा प्रशिक्षण दिनुभएको थियो ।

माघ १६ देखि १८ गतेसम्म विशेष उत्सवको रुपमा सहकारीको रजत जयन्ती मनाउन लागिएको संस्थाका अध्यक्ष यमलाल पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार सिद्धाथ बहुउद्देश्यीय सहकारी संस्थाले संस्था स्थापनाकालमा तदर्थ समिति गठन भएको दिन २०५४ माघ १८ गतेको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । आगामी माघ १८ गते रजत जयन्ती विशेष समारोह(मूख्य कार्यक्रम) र त्यसअघि माघ १७ गते अन्य कार्यक्रम हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । माघ १८ गते हुने मुख्य कार्यक्रम अन्र्तगत उद्घाटन, सम्मान, पुरस्कार तथा सांस्कृतिक कार्यक्रम तय गरिएको छ । संस्थाको कार्यक्षेत्र अन्र्तगतका तीनै तहका जनप्रतिनिधि,राजनीतिक दलहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यमा हुने उक्त समारोहमा सहकारी स्थापना कालका २६ जना सदस्यलाई विशेष सम्मान गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो ।

सहकारीका सस्थापक अध्यक्ष स्व. नित्यान्द पोखरेल सहित दुई जनालाई मरणोपरान्त सम्मान गरिनेछ । सोही अवसरमा सहकारीको स्थापनादेखि हालसम्म सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगददान गरेका सदस्यहरु, स्थापनादेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण र राष्ट्रिय कलाकार खुमन अधिकारी र रमिला न्यौपाने सहितका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि गरिने संस्थाले जनाएको छ । सहकारीमा आवद्ध शेयर सदस्य नं. १००१ देखि १५६१ नम्बर सम्मका शेयर सदस्यलाई सहकारी शिक्षा शिविर सञ्चालन गरिएको भने भोलि १७ गते भने महिला नेतृत्व विकास तालिम र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

सहकारीद्धारा गठित महिला सशक्तिकरण उपसमिति अन्र्तगत गठित १६ वटा टोल समितिका सदस्यहरुलाई प्रदान गरिने नेतृत्व विकास तालिमान नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले प्रहिक्षण दिनुहुनेछ । सोही दिन आर्थिक विकासमा सहकारीताको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता हुने अध्यक्ष पाण्डेयले बताउनुभयो प्रतियोगितामा २६ विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस संस्थाले बचत र ऋणको कारोबार सहित विगत तीन वर्षदेखि शेयर सदस्यहरुलाई निर्माण सामग्री सुपथ मूल्यमा विक्री वितरण गर्दै आएको संस्थाका उपाध्यक्ष जयराम बस्यालले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्र्तगत ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई चौरासी पुजामा नगदसहित सम्मान, ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई सम्मान, ७० वर्ष पूरा भएका सदस्यलाई तीर्थाटन कार्यक्रम तथा सुत्केरी भेटघाट कार्यक्रम,मृत्यु संस्कार राहत कार्यक्रम, बाल बचत कार्यक्रम प्रोत्साहन, नवविवाहित दम्पतीलाई शुभकामना सम्मान, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, शेयर सदस्यहरुको दुर्घटना बीमा लगायतका कार्यक्रमहरु पनि गर्दै आएको संस्थाका उपाध्यक्ष बस्यालले बताउनुभयो ।

संस्थामा हाल महिला १०४८ र पुरुष ९८९ गरी दुई हजार ३७ जना शेयर सदस्य रहेको व्यवस्थापक यमुना पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार हाल सहकारीले रु ४१ करोड बराबरको कारोबार गरिरहेको छ । संस्थाको कार्यक्षेत्र सुनवल नगरपालिकासहित बर्दघाट नगरपालिका र सरावल गाउँपालिका रहेको छ ।

उक्त कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष पेउ नारायण न्यौपाने , लुम्बिनी प्रदेश कृषि सहकारी सस्थाका सदस्य उपेन्द्रमान प्रधान सस्थाका व्यस्थापक यमुना देवी पाण्डे लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । सहकारी शिक्षा शिबिरमा सहभागी भएका १ सय जना शेयर सदस्यहरुलाई सहकारी शिक्षा शिबिर सक्रियता पूर्वक सहभागी हरुलाई सस्थाका पूर्व अध्यक्ष पेउ नारायण न्यौपानेले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष जयराम बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचिव रमेश पराजुलिले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०१-३० , समय : १८:३६:३५ , २ वर्ष अगाडि