महिला नेतृत्व बिकास तालिम तथा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता भुमहीमा सम्पन्न

उर्मिला यादव यात्री , २६२  पटक हेरिएको

भुमही ,माघ १७

सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीले २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आज महिला नेतृत्व बिकास तालिम भुमहीमा सम्पन्न गरेको छ । यस संस्थाको महिला शसक्तिकरणको उपसमिती संयोजक उषा बन्जाडेको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्त्यतामा तालिम सम्पन्न भएको हो । तालिमको उदघाटन गर्दै नगरउपप्रमुख दुबेले अब हामीले समाजमा पैसा संकलन गर्ने, बचत गर्ने , र ऋण लगानी गर्ने भन्दा पनि समाजमा रचनात्मक कामहरु ल्याउनुपर्ने बताउनु भएको छ । उहाले सहकारी मार्फत नगरपालिकाले सहकार्य गरेर महिलाहरुलाइ, अशक्त र बेरोजगार युवाहरुलाई रोजगारीको सिर्जना गर्ने खालको क्रियाकलापमा सहभागी गराउनुपर्ने सोच राखेको बताउनु भएको छ । उपप्रमुख दुबेले सहकारी र नगरपालिकाको साझेदारीमा वजेट छुटयाएर उद्यमशील उत्पादनमा लाग्ने महिला वा पुरुष बिशेष गरी महिला , अपांग भएका ब्यक्तिलाई बिशेष गा्रहयकताका साथ उत्पादनमा लाग्ने अशक्त , अपांग महिलाहरुलाई बिशेष अनुदानमा ऋण प्रदान गरी उत्पादनमुलक कार्यमा जोडने उदेश्यले आफुले निती तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । उहाले नगरपालिकाले प्रत्येक सहकारीलाई नगरपालिकाको आर्थिक क्षमता अनुसार सहकारीमा लगानी गर्ने बताउनु भएको छ । उहाले बिनियोजन गरीएको बजेट सहकारीमा महिला उत्पादन संग जोडेर उत्पादनमुखी र रोजगार सिर्जना गर्नु पर्ने बताउनु भयो ।


यस्तै गरी संस्थाका अध्यक्ष तथा रजत जयन्ती मुल समारोहका संयोजक यमलाल पाण्डेयले माघ १६ गतेदेखि १८ गतेसम्म विशेष उत्सवको रुपमा सहकारीको रजत जयन्ती मनाउन लागेको े बताउनु भएको छ । उहाँका अनुसार सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाले संस्था स्थापनाकालमा तदर्थ समिति गठन भएको दिन २०५४ माघ १८ गतेको दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । उहाले यहि माघ १८ गते बुधबार रजत जयन्ती विशेष समारोह(मूख्य कार्यक्रम) उद्घाटन, सम्मान, पुरस्कार तथा सांस्कृतिक कार्यक्रम तय गरिएको जानकारी दिनु भयो । उहाले नगरपालिकाहरुमा समेत सहकारीको एउटा अभियान नै सुरु भएको बताउदै यस सिद्धार्थ बहुउदेश्यीय सहकारीले बिभिन्न सामाजिक क्रियाकलाप रक्तदान,न्यानो कपडा बितरण ,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण लगायत जेष्ठ नागरीकहरुलाई समेत सम्मान गर्दै आएको बताउनु भयो । उहाले यस संस्थाको हरेक क्रियाकलाप पारदर्शी रहेको बताउदै सहकारीको मुल्यमान्यता र यसको सिद्धान्तमा रहेर सहकारी संचालन गर्दै आइरहेको बताउनु भएको छ । उहाले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था एउटा सबल संस्थाको रुपमा अगाडी बढेको समेत बताउनु भयो । यस संस्थाले बचत र ऋणको कारोबार सहित विगत तीन वर्षदेखि शेयर सदस्यहरुलाई निर्माण सामग्री सुपथ मूल्यमा विक्री वितरण गर्दै आएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई चौरासी पुजामा नगदसहित सम्मान, ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई सम्मान, ७० वर्ष पूरा भएका सदस्यलाई तीर्थाटन कार्यक्रम तथा सुत्केरी भेटघाट कार्यक्रम,मृत्यु संस्कार राहत कार्यक्रम, बाल बचत कार्यक्रम प्रोत्साहन, नवविवाहित दम्पतीलाई शुभकामना सम्मान, गरीब तथा, शेयर सदस्यहरुको दुर्घटना बीमा लगायतका कार्यक्रमहरु पनि गर्दै आएको संस्थाका अध्यक्ष तथा रजत जयन्ती मुल समारोहका संयोजक यमलाल पाण्डेयले जानकारी दिनु भयो ।


संस्थाको कार्यक्षेत्र अन्तर्गतका तीनै तहका जनप्रतिनिधि,राजनीतिक दलहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको विशेष आतिथ्यमा हुने उक्त समारोहमा सहकारी स्थापना कालका २६ जना सदस्यलाई विशेष सम्मान गरिने अध्यक्ष पाण्डेयले बताउनुभयो ।

महिला नेतृत्व बिकास तालिममा सहकारीद्धारा गठित महिला सशक्तिकरण उपसमिति अन्र्तगत गठित १६ वटा टोल समितिका सदस्यहरुको सहभागिता रहेको थियो भने नेतृत्व विकास तालिमको सहजीकरण नेपाल जेसीजकी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रजनी थापाले गर्नु भएको थियो । संंस्थाको संचालक समिती सदस्य मनिषा अधिकारीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन संस्थाकी ब्यवस्थापक यमुना पाण्डेयले गर्नु भएको थियो ।

यस्तै गरी संस्थाको २५ औ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आज आर्थिक विकासमा सहकारीताको भूमिका विषयक माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा बिद्यालयको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा लुम्बिनी माबिकी अपेक्षा ढकाल प्रथम, रमवापुर माबिकी स्मृति सापकोटा द्धितिय र जनसेवा माबिकी निशा गौतम तृतीय भएकी छन । यस्तै गरी प्रतियोगितामा साखुरा मेमोरियलकी इच्छा पाठक र रामनगर एकेडेमीकी आयुषा खरेल सान्त्वना स्थान हासिल गरेका छन ।

वक्तृत्वकला प्रतियोगितामा नेत्रलाल न्यौपाने, आनन्दराज अधिकारी ,र चिन्तामणी तिवारीले निर्णायक भुमिका निर्वाह गर्नु भएको थियो ।
प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । संस्थाको अध्यक्ष यमलाल पाण्डेयको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष चुरामणी पौडेलको प्रमुख आतिथ्यतामा माबि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । भन ेकार्यक्रमको संचालन भेषराज न्यौपानले गर्नु भएको थियो ।

यहि माघ १८ गते हुने उदघाटन , सम्मान , पुरस्कार तथा सास्कृतिक कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष स्व. नित्यान्द पोखरेल सहित दुई जनालाई मरणोपरान्त सम्मान गरिनेछ । सोही अवसरमा सहकारीको स्थापनादेखि हालसम्म सञ्चालक समिति तथा विभिन्न उपसमितिमा रहेर योगदान गरेका सदस्यहरु, स्थापनादेखि हालसम्मका कर्मचारीहरुलाई सम्मान, वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण र राष्ट्रिय कलाकार खुमन अधिकारी र रमिला न्यौपाने सहितका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम पनि गरिने संस्थाले जनाएको छ ।

संस्थामा हाल महिला १०४८ र पुरुष ९८९ गरी दुई हजार ३७ जना शेयर सदस्य रहेका छन । हाल सहकारीले रु ४१ करोड बराबरको कारोबार गरिरहेको छ । संस्थाको कार्यक्षेत्र सुनवल नगरपालिकासहित बर्दघाट नगरपालिका र सरावल गाउँपालिका रहेको छ ।

प्रकाशित मिति: २०२३-०१-३१ , समय : १९:२१:३५ , २ वर्ष अगाडि