भोलिदेखि लुम्बिनीमा हुने रामकथा प्रवचन कार्यक्रमको अन्तिम तयारी पूरा

रुपन्देही खबर , ३४६  पटक हेरिएको

भैरहवा, माघ २३

बुद्ध जन्मस्थल लुम्बिनीमा यहि माघ २४ अर्थात भोलि मंगलबारदेखि फागुन ३ गतेसम्म हुन लागेको रामकथा प्रवचन कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।

लुम्बिनीमा सुरु हुने राम कथा बाचनका लागि हिन्दु आध्यात्म गुरु मोरारी बापु आज सोमबार लुम्बिनी आइपुग्ने आयोजकले जनाएको छ । रामकथा प्रेम यज्ञ समितिका संयोजक अनिल मिश्राले आध्यात्म गुरु मोरारी बापु आज सोमबार गौतम बुद्ध बिमानस्थल भैरहवा हुदै लुम्बिनी आइपुग्ने बताउनु भएको छ । राम कथा प्रबचन २४ गते मंगलबार बिहान १० देखि १ः३० बजेसम्म संचालन हुने संयोजक मिश्रले बताउनु भएको छ । उहाले कथाप्रेमीहरु लुम्बिनी आइपुगेको समेत जानकारी दिनु भएको छ ।

विश्वका प्रमुख धार्मिक स्थलहरुमा पुगेर प्रवचन दिने बापुको लक्ष्य अनुसार रामकथा अन्तर्गत मानव सारथीको अध्यायमा बापुको प्रवचन हुने उहाले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०२-०६ , समय : ०६:२०:४३ , १ वर्ष अगाडि