सुप्रसिद्ध रामकथा वाचक मोरारी बापू लुम्बिनी पुगी पुजा गरे

रुपन्देही खबर , ३६०  पटक हेरिएको

भैरहवा, माघ २३

लुम्बिनीमा भोलि (मंगलबार) देखि हुने राम कथा प्रवचन कार्यक्रमको तयारी पुरा भएको छ । प्रवचनको लागि भारतका सुप्रसिद्ध रामकथा वाचक मोरारी बापू सोमबार लुम्बिनी आइपुगेका छन् ।

रामकथाका गुरु मोरारी बापुले मायादेवी मन्दिरमा पुगि पुजा समेत गरेका छ्न भने लुम्बिनीमा लुम्बिनी बिकास कोषका पदाअधिकारीहरुले खादा ओढाइ स्वागत गरेका छ्न । श्री रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभा हलमा राम कथा प्रवचन हुँदैछ । प्रवचन माघ २४ गते भोलि देखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो ।


यसअघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि विकास केडियाले जानकारी दिनु भएको छ ।

कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सिमावर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा भन्दा बढी भक्तजनहरु पहिलोपटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दावी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ । लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औं राम कथा आयोजना हुन लागेको हो ।

कथा वाचक मोरारी बापुलाई आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, वसिउद्दीन खान, सि.के. गुप्ता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कार्यसमिति सदस्य मंगल भण्डारी, संजय बजिमय लगायतले स्वागत गरेका हुन् ।

 

प्रकाशित मिति: २०२३-०२-०६ , समय : २१:२३:२१ , १ वर्ष अगाडि