प्रहरी कार्यालयबाट सेवा लिन कुनै पनि नागरिकले शुल्क तिर्नुनपर्ने : डिआइजी राइ

रुपन्देही खबर , २७४  पटक हेरिएको

भैरहवा , माघ २६

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक डिआइजी टेक प्रसाद राइले प्रहरी कार्यालयबाट सेवा लिन कुनै पनि नागरिकले शुल्क तिर्नु नपर्ने बताउनु भएको छ । मंगलबार भैरहवामा गरीएको संचारकर्मीहरु संगको भेटघाट कार्यक्रममा बोल्दै डिआइजी राइले प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा निशुल्क रहेको बताउनु भयो ।

डिआइजी राइले प्रहरीले सातै दिन र २४ सै घण्टा सेवा प्रदान गर्ने जानकारी दिनु भयो । उहाले प्रहरीले नागरीकलाई सुरक्षा दिनुपर्ने र जनता संग जोडिनुपर्ने भएकोले प्रहरीले हरेक समय प्रहरी सामुदायिक साझेदारी कार्यक्रम,र मुस्कान सहितको प्रहरी सेवा प्रदान गर्दै आएको बताउनु भएको छ । डिआइजी राइले सरकारले नीति ल्याइ सकेपछि प्रहरीले यसको कार्यान्वयन गर्नुपर्ने जोड दिनु भयो । खुल्ला सिमाना भएका कारण केहि समस्या भए पनि त्यसको समाधानका लागी प्रहरी २४ सै घण्टा तयार रहेको समेत उल्लेख गर्नु भयो ।

ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेश बुटवलका प्रमुख एसपी कृष्ण प्रसाइले स्रोत साधन र जनशक्तिको अधिकतम प्रयोग गरेको बताउनु भएको छ । उहाले चेकपोइन्ट ब्यवस्थित गर्नुपर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रबिन्द्र रेग्मीले लागु औषध ओसारपसार र दुर्घटना न्युनीकरणका लागी प्रहरी सक्रिय रुपमा लागी परेको बताउनु भएको छ ।

कार्यक्रममा नेपाल प्रदेश प्रहरी कार्यालय भैरहवा रुपन्देहीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक रेवती ढकालले आर्थिक बर्ष २०७९,८० पुस मसान्त सम्मको लागु औषध मुद्धा दर्ता तथ्यांक ,अपराध प्रवृति , मुद्धाहरुको फैसला कार्यान्वयन लगायतको बिषयमा जानकारी गराउनु भएको थियो । रुपन्देहीको भैरहवामा गरीएको संचारकर्मीहरु संगको भेटघाट कार्यक्रममा नपलपरासी र रुपन्देहीका पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०२-०९ , समय : १०:२६:३४ , २ वर्ष अगाडि