रकम लेनदेनको अडियो फेला परेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक निलम्बित

रुपन्देही खबर , २७६  पटक हेरिएको

काठमाडौं , माघ २७

त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरलाई निलम्बन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार थाई स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई कायमै राख्न घुस मागेको प्रमाण भेटिएपछि मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकोले निलम्बन गरिएको मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले जानकारी दिनु भएको छ ।

यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरी पठाइने केसीले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०२-१० , समय : १४:०९:०६ , २ वर्ष अगाडि

error: कोपि गर्न पाइदैन