ओमसतिया गाउपालिकाको १२ औ गाउसभा तथा हिउदे अधिवेशन आजदेखि सुरु

रुपन्देही खबर , २८७  पटक हेरिएको

भैरहवा, माघ २७

रुपन्देहीको ओमसतिया गाउपालिकाको आर्थिक बर्ष २०७९। ८० को हिउदे अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनमा ११ औ गाउसभाले बनाएका योजना एवम संशोधन बजेट सहित नया योजनाहरु पारित गरीनेछ । यस्तै गरी १२ औं गाउसभाको उदघाटन गर्दै गाउपालिका अध्यक्ष मन्जीत कुमार यादव (सोनु)ले गाउपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्ने बताउनु भएको छ । उहाले गाउपालिकामा रहेका योजनाहरुको समेत पुनरावलोकन गर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै ओमसतिया गाउपालिकाका प्रवक्ता मदन प्रसाद पोख्रेलले गाउपालिकाको भवन ब्यक्तिको नाममा रहेकोले गाउपालिकाको भवन नबनेको बताउनु भयो । उहाले गाउपालिकाको भवनको लागी आफुहरु प्रयासरत रहेको र अब केही दिनमै गाउपालिका भवन बनाउने तर्फ लाग्ने बताउनु भएको छ । प्रवक्ता पोखे्रलले संचारकर्मीहरुको लागी सम्मान गर्ने कार्यक्रमलाई योजनाका साथ अघि बढाएको समेत जोड दिनु भयो ।

यस्तै गरी १२ औ गाउसभामा बिनियोजन ऐन संशोधन , शिक्षा ऐन संशोधन, नया ब्यक्तिगत तथा संस्थागत आर्थिक सहायता ऐन पारित ,करिब पाच करोडका योजना तथा कार्यक्रम थप, कर्मचारी दरबन्दी संरचना स्वीकृत , लेखा समिती र बिद्यालय समिती गठन लगायतका योजनाहरु पारित भएको ओमसतिया गाउपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिता चौधरीले जानकारी दिनु भएको छ । आज र भोलि माघ २८ गते सम्म चल्ने हिउँदे अधिवेशनको भोली शनिबार अर्थ बार्षिक समिक्षा गरीनेछ ।

गाउपालिका अध्यक्ष मन्जित कुमार यादवको अध्यक्षतामा सुरु भएको हिउदे अधिवेशनमा गाउपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको छ । भने कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-१० , समय : २१:४६:५३ , २ वर्ष अगाडि