कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई

रुपन्देही खबर , ४  पटक हेरिएको

काठमान्डौँ, असोज ६

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई दिइएको छ ।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नु भएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ । उहा असोज १० गते स्वदेश फर्किनु हुनेछन ।

प्रकाशित मिति: २०२६-०९-२२ , समय : २०:२५:२० , ५२ मिनेटutes अगाडि