रुपन्देहीको बुटवलको सडकमा लुटपाट गर्ने तीन जना प्रहरीको फन्दामा

रुपन्देही खबर , २१३  पटक हेरिएको

बुटवल, फागुन १०

बुटवलको सडकमा रातको समयमा बाटो ढुकेर लुटपाटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत ८ गते मोटरसाईकल चलाएर गन्तब्य जाँदै गरेका खुमान सिंह अर्गालीलाई बुटवल उपमहानगपालिका -११ बुद्धनगर पुलमा मोटरसाईकल रोकी धारिलो हतियार चक्कु देखाएर मोबाइल र नगद लुट्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले अर्गलीबाट १ थान मोबाइल र नगद ५ हजार लुटेका थिए । अर्गलीले प्रहरीमा दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा बुटवल ११ देबीनगरबाट आदर्श हमाल, पदम बहादुर पुन मगर र अंकित बिक पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट अर्गलीको मोबाइल, १ थान फलामको चक्कु, काँडावाला पन्च बरामद भएको छ ।

उनीहरुमाथि चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-२२ , समय : १५:२१:१९ , १० महिना अगाडि