पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको १२ औं साधारण सभा सम्पन्न

प्रकाश न्यौपाने , २९१  पटक हेरिएको

नवलपरासी ,फागुन १५

बर्दघाट नगरपालिका १० मा रहेको पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खानेपानीका बिषयमा सरोकारवाला सम्पुर्ण पक्षहरु गम्भीर तवरले अगाडी बढ्नु पर्ने बताउनु भयो । आम नागरिकलाई स्वच्छ र सफा खानेपानी दिने राज्यको दायित्व भएको बताउदै उहाले उपभोक्ताको माग अनुसार २४ सै घण्टा खानेपानीको आपूर्तिको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका प्रदेश सदस्य बिश्वप्रेम पाठक खानेपानीको बिषयमा अत्यन्तै संबेदनशील भएकाले उपभोक्तालाई स्वच्छ र गुणस्तर हुनेपर्ने बताउनु भयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख गुणनिधी पोखरेलले पन्चनगर खानेपानी सस्थाले माग अनुसार नया संरचनाको डिपिआर गरिएको बताउनु भयो । उहाका अनुसार -” नया संरचना अनुसारको डिपिआर गरिसकेका छौ । ” हाल बजेट अभावका कारण डिपिआर अनुसार टंकीको ठेक्का गर्न नसकिएको बताउनु भयो ।

धारा जडान गर्न नसक्नेलाई नगरले सहुलियतमा प्रदान गर्ने र बर्दघाट बासीलाई एक घर एक धारालाई अभियानको रुपमा अगाडि बढाइ नगरमा वास युनिट बनाइने नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । नेपाली काङ्ग्रेस क्षेत्र १ का क्षेत्रीय सचिब बालिन्द्र बिक्रम शाही, नेकपा एमाले बर्दघाट नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल बर्दघाट १० का वडा अध्यक्ष राजु मिश्रलगायतले बोल्दै उपभोक्तको इच्छा र आकाक्षा अनुसार गुणस्तर पानी नियमित पानी आपूर्ति गर्नु पर्ने आजको आवश्यकता रहेको धारणा राख्नु भएको छ । कार्यक्रममा सस्थाका अध्यक्ष यम बहादुर क्षेत्रीले अध्यक्षको प्रतिबेदन पेस गर्दै आगामी आर्थिक बर्षका लागि भावी कार्य योजना प्रस्तुत गर्नु भएको छ । सचिब शरद पौडेल र कोषाध्यक्ष सृजना थापाको आर्थिक प्रतिबेदन पारित भएको छ ।

कार्यक्रममा अध्यक्ष यम बहादुर क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष राम नारायण चौधरीको स्वागत तथा सचिब शरद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको छ । हालसम्म २ हजार २ सय ८३ जना घर धुरीमा धारा जडान रहेका छन । उक्त अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा प्राबिधिक सहायक निम नारायण चौधरी र जग्गा दाता सुर्य प्रकाश अधिकारीलाइ सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १७:३७:३३ , १ वर्ष अगाडि