हरि शर्मा , ६१९ पटक हेरिएको
नवलपरासी, जेठ २
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–३ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाशचन्द्र अधिकारीको टिम विजयी भएको छ ।
अधिकारीलाई पहिला कांग्रेसले अध्यक्षमा टिकट दिएको थियो । तर, गठबन्धनका नाममा माओवादी केन्द्रलाई अध्यक्षको टिकट दिएपछि असन्तुष्ट बनेका अधिकारीसहितको समूहले पार्टीबाट राजीनामा दिएर टिम नै बनाएर चुनाव लडेका थिए।
चुनाव जित्ने सबै क्रियाशिल सदस्य रहेको कांग्रेस जिल्ला सचिव कुलदिप आचार्यले बताए ।
वडाअध्यक्षसहित ५ जना सदस्य निर्वाचित हुने भएपनि उनीहरुले महिला सदस्यबाहेक ४ पदमा उमेदवारी दिएका थिए । कांग्रेसले नगरपालिकामा माओवादी केन्द्रलाई उपप्रमुख दिएर गठबन्धन गरेको छ ।
गठबन्धका नाममा वडाका सबै पद माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरु पार्टीसँग असन्तुष्ट थिए ।
एमालेले महिला सदस्य जितेको छ । अरु सबै स्वतन्त्रले जितेको हो । माओवादी केन्द्रबाट गठबन्धनको अध्यक्षमा उम्मेदवार ओमप्रकाश चौधरीलाई तेस्रो बनाउँदै अधिकारीले २ सय ६९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी एमालेका जीवनबहादुर थारुले २ सय ३८ मत पाएका छन् । ‘पहिला टिकट दिएकै हो । गठबन्धनका कारण माओवादी केन्द्रलाई दिनु पर् यो । पार्टीको निर्णय मानेर सघाउनुस् भन्दाभन्दै जित्छौं भनेर पार्टीबाट राजीनामा दिएर चुनाव लडेँ,’ जिल्ला सचिव आचार्यले भने ।
प्रकाशित मिति: २०२२-०५-१६ , समय : १३:३०:१३ , २ वर्ष अगाडि