नेकपा एमालेको लालकिल्ला रहेको सुनवल ७ मा नेकपा माओवादी केन्द्रको जित

रुपन्देही खबर , ४९३  पटक हेरिएको

सुनवल, जेठ ३

नेकपा एमालेले आफ्नो लालकिल्ला दावी गर्ने सुनवल नगरपालिकाको वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । १ हजार १ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार नारायण आचार्यले वडा नम्बर ७ को वडाध्यक्ष पदमा बिजयी हुदै एमालेको किल्ला भत्काएका हुन् ।

उनका निकट प्रतिद्वन्द्वी एमालेका बिनोद पाण्डेले ९ सय ३३ मत ल्याएका थिए ।

त्यस्तै एमालेबाटै महिला सदस्यमा तुल्सी ज्ञवालीले ८ सय ४४ मत, दलित महिला सदस्यमा गायत्री परियारले ९ सय ३५मत, खुल्ला सदस्यमा ८ सय ४५ मत, खुल्ला सदस्य २ मा एमालेका उम्मेदवारले ८ सय ९३ मत ल्याएर विजयी भएका छन्।

सुनवल नगरपालिका वडा १,२,३,४,५,६,७ को मतगणना सकिए संगै नम्बर ८ को सुरु गरिएको छ ।

प्रकाशित मिति: २०२२-०५-१७ , समय : ०८:०१:०१ , २ वर्ष अगाडि