बुटवलको मेयरमा नेपाली काङ्ग्रेसका पाण्डेयको अग्रता

रुपन्देही खबर , २३३  पटक हेरिएको

बुटवल , जेठ ३
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डेयको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट मेयरमा पाण्डेयले ८ हजार ९२६ मत प्राप्त गरेका छन् ।

उनको प्रतिद्वन्दी एमाले उम्मेदवार बाबुराम भट्टराईले ५ हजार९८०मत प्राप्त गरेका छन् । पाण्डेय र भट्टराईको मतान्तर २ हजार ९४६ पुगेको छ ।

उपमेयरमा भने एमाले उम्मेदवार सावित्रा अर्यालको अग्रता छ । उपमेयरमा एमाले उम्मेदवार अर्यालले ६ हजार ६२८ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले ५ हजार ४८ मत प्राप्त गरेका छन् ।अर्याल र गुरुङको मतानान्तर १ हजार ५८० रहेको छ ।

butwal online

प्रकाशित मिति: २०२२-०५-१७ , समय : ०९:४७:०३ , २ वर्ष अगाडि