कपिलवस्तुको ५ स्थानीय तहमा अझै पनि कित्ताकाट खुलेन

सुरेश पाण्डेय , ४५८  पटक हेरिएको

कपिलबस्तु , फागुन २५

भू उपयोग नियामवली ०७९ (जेठ २३) आएको आठ महिना बितिसक्दा पनि मायादेबी गाँउपालिाकामा जग्गाको बर्गीकारण हुन सकेको छैैन । कपिलबस्तुको दश वटा स्थानीततह मध्ये ५ नगरपालिकाले मात्रै कित्ताकाट खोलेको छ ।

कपिलबस्तु नगरपालिका , शिवराज नगरपालिका , बाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकाले कित्ताकाट खोलेको छ भने अहिले सम्मा कृष्णनगर नगरपालिका , यशोधरा गाँउपालिका ,मायादेवी गाउँपालिका, शुद्धोधन गाँउपालिका, बिजयनगर गाँउपालिकाले कृषि र गैरकृषि जग्गा छुटाउन सकेको छैन ।

बाँकी पालिकाले वर्गीकरण नगरिदिँदा जग्गा कारोबार ठप्पा छ जसले प्रभाव सरकारी आम्दानी र अर्थतन्त्रमा परेको छ लक्ष्यअनुसार राजस्व सकंलन गर्नै सकेको छैन ।

गत आर्थिक बर्ष २०७७ र ७८ पुस मसान्तसम्म ११ करोड राजस्व संकलन भएको थियो भने पुस मसान्तमा ७ करोड ८७ लाख १७ हजार २ सय ५१ मात्र राजस्व संकलन भएको तौलिहवा मालपोत कार्यालयका प्रमुख ऋषिराम पौडेलले जानकारी दिनु भएको छ।

जिल्लागत मालपोत कार्यालय भू उपयोग वर्गीकरण गर्न स्थानीय तहलाई अनुरोध गरिरहेको र स्थानीय तह अग्रसर नहुदासम्म काम नहुने उहाले बताउनु भएको छ। हाल पालिकाले जग्गा वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने ब्यवस्था छ ।

प्रकाशित मिति: २०२३-०३-०९ , समय : ०८:५५:१० , २ वर्ष अगाडि