संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको चौथो बार्षिक साधारण सभा बुटवलमा सम्पन्न

उर्मिला यादव यात्री , ३८४  पटक हेरिएको

भैरहवा , फागुन २९

संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको चौथो बार्षिक साधारण सभा आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संचारिका समुह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको चौथो साधारण सभामा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अनमोलले पत्रकार महिलाहरुका लागी संचारिका समुहले बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै क्रियासिल बनाउदै आएको बताउनु भएको छ । उहाले संचारकर्मी महिलाहरुको पेशालाई प्रोत्साहन गर्न कार्यसमिती सदस्य सुत्केरी तथा क्रिया जस्ता कामका लागी नगद रु पाच हजार सहयोग गर्ने योजना ल्याएको बताउनु भएको छ ।


संचारकर्मी महिलाहरुको राहत, सम्मान तथा प्रोत्साहनका लागी एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको बताउनु भएको छ । उहाले सुत्केरी तथा क्रिया जस्ता कामका लागी नगद रु पाच हजारका दरले एक जनालाई सुत्केरी र एक जना महिला पत्रकारलाई क्रियाबापत नगद सहयोग गरेको बताउनु भएको छ । महिला पत्रकार सुत्केरी हुदा जागिरबाट पलायन हुनुपर्र्ने भएकोले केही राहत हुने उदेश्यले सुत्केरी र क्रियाबापत नगद सहयोग गर्दै आएको बताउनु भएको छ । अध्यक्ष अमृता अनमोलले आगामी योजनामा लुम्बिनी प्रदेश भित्र रहेका संचारकर्मी महिलाहरुको अभिलेखीकरणका लागी संचार डायक्ट्री प्रकाशन गर्ने योजना रहेको बताउनु भयो । अध्यक्ष अनमोलले लुम्बिनी प्रदेश भित्र रहेका संचारकर्मी महिलाहरुको प्रदेश भेला लुम्बिनीमा गर्ने योजना बनाएको समेत बताउनु भयो ।

यस्तै गरी संचारिका समुह नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष उषाकिरण पन्तले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

संचारिका समुह नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराजको स्वागत मन्तब्य रहेको कार्यक्रममा समुहको सल्लाहकार पार्वती पाण्डेले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन माया केसीले गर्नु भएको थियो । संचारिका समुह नेपाल लुम्बिनी प्रदेशको चौथो बार्षिक साधारण सभामा लुम्बिनी प्रदेश भित्रका पत्रकार महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०३-१३ , समय : २१:३०:२७ , २ वर्ष अगाडि