सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको सल्लाहकारमा पाँचजना मनोनित

रुपन्देही खबर , २५५  पटक हेरिएको

भैरहवा, फागुन ३०

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले पाँचजनालाई सल्लाहकारमा मनोनित गरेको छ । संघको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित ठाकुर कुमार श्रेष्ठले पाँचजनालाई सल्लाहकारमा मनोनित गरेका हुन् । मनोनित हुनेमा शिव प्रसाद गौडेल, डी.आर.शर्मा, भैरव प्रसाद कलवार, दीपेन्द्र प्रधान र सीताराम उप्रेती रहेका छन् ।

त्यस्तै संघको परामर्श समिति सदस्यमा रुपमा हिराचन, डा. शम्भु कुमार गुप्ता, पशुपति कान्दु, चन्द्र थापा, सम्झना शर्मा, कुर्वान अली, ऋषिराम पाण्डेय, मृगेन्द्र गोविन्द श्रेष्ठ, राजु न्यौपाने, सागर अधिकारी र गंगासागर अग्रहरी मनोनित भएका छन् ।

प्रकाशित मिति: २०२३-०३-१४ , समय : १३:३३:४१ , २ वर्ष अगाडि