भैरहवाबाट छोटाहात्ती चोरी गर्ने दुई जना पक्राउ

रुपन्देही खबर , ३२१  पटक हेरिएको

भैरहवा, चैत ३
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाबाट छोटाहात्ती चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने २३ बर्षिय रिवेश गुरुङ र वडा नम्बर ३ बस्ने २४ बर्षिय बिवेक परियार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही चैत १ गते सिनपा ८ अन्नपुर्ण टोल स्थित भित्री सडक छेउमा रोकी राखेको कुन्दन श्रेष्ठको नाममा दर्ता रहेको लु१च ७८२२ नंम्बरको छोटाहात्ती चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जादा चैत २ गते राति दुई बजेको समयमा सिनपा ९ नालन्दा स्कुल पछाडीको खाली खेतमा रोकी राखेको अबस्थामा फेला पारेको हो । गाडी भित्र शंकास्पद रुपमा बसिरहेका पछि खुल्न गुरुङ र परियारलाई पक्राउ गरी जिल्ला अदालतबाट ५दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-१७ , समय : १९:४८:३१ , १ वर्ष अगाडि