विजय जुलुसमा सहभागी पश्चिम नवलपरासीमा एक युवाको मृत्यु

ज्ञानेश्वर सहानी , ४५८  पटक हेरिएको

नवलपरासी जेष्ठ ७

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पदमा बिजयी हासिल गरेका लोकबहादुर चाैधरीको विजय जुलुसमा सहभागी एक युवाको मृत्यु भएको छ ।

रामग्राम नगरपालिका वडा नं १२ कसिया बस्ने २४ वर्षिय अनिल सहानी एमालेको विजय जुलुसमा पिकअपबाट खसेर मृत्यु भएको छ ।
तीन दिन पहिले गम्भीर घाइते भई जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। तीन दिनै पहिलै मृत्यु भएको भएपनि एमालेको विजय जुलुस र सपत ग्रहणमा असर पर्ने भएकोले मृत्यक घोषणा नगर्न एमालेले दबाब गरेको तथा यस घटनालाई दवाउने समेत प्रयास भई रहेको स्थानियले आरोप लगाएका छन्।

हाल मृतकको शव परिवारले नबुझेकोले पोस्टमाडमको लागि जिल्लाको पृथ्बीचन्द्र अस्पताल परासीमा राखिएको र घटनाबारे थप अनुसन्धानको लागि गाडी र डाइवरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२२-०५-२१ , समय : १०:३४:३० , २ वर्ष अगाडि